अष्ट्रेलियाद्धारा चिनको बेल्ट एण्ड रोड ईनिसियटिभ अन्तर्गतका दुई सम्झौता खारेज | ईमाउण्टेन समाचार

Our Network

भदौ ६ २०८३, आइतबार

अष्ट्रेलियाद्धारा चिनको बेल्ट एण्ड रोड ईनिसियटिभ अन्तर्गतका दुई सम्झौता खारेज

एजेन्सी । अष्ट्रेलिया सरकारले चिनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड ईनिसियटिभ अन्तर्गतका दुई सम्झौता खारेज गरिदिएको छ ।

अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसन नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै सन् २०१८ र २०१९ मा अष्ट्रेलियाको भिक्टोरिया प्रान्तीय सरकारले दुई वटा परियोजना सञ्चालनका लागि बेल्ट एण्ड रोड इनिशिएटिभ अन्तर्गतका दुई सम्झौता गरेको थियो ।

सरकारले आफुसँग रहेको भिटो पावर प्रयोग गर्दै प्रान्तीय सरकारले गरेको सो सम्झौता रद्द गर्ने निर्णय लिएको हो ।अष्ट्रेलियन सरकारले सम्झौता रद्द गरेको पुष्टि गदै अष्ट्रेलियन विदेशमन्त्री मोरिस पायनेले जारी गरेको विज्ञप्तीमा, सरकारले जारी गरेको नयाँ सुरक्षा कानुन अन्तर्गत चीनको यो महत्वकांक्षी प्रोजेक्ट रद्द गर्ने निर्णय लिएको बताएका छन् ।

विदेशमन्त्री मोरिसले, नयाँ कानूनले संघीय सरकारलाई मातहतका प्रशासनिक निकायहरुले गर्ने राष्ट्रहित विरुद्धका अन्तर्राष्ट्रीय सम्झौता रद्द गर्ने अधिकार उपलब्ध गराएको पनि बताएका छन्।

बिआरआई अन्तर्गत भिक्टोरियाले गरेको सम्झौता रद्द गरेसँगै चिन र अष्ट्रेलियाबिचको सम्बन्धमा समेत कटुता आएको छ । बिआरआई र एसिया प्रशान्त क्षेत्रमा चिनको बढ्दो वर्चस्वकै कारण अष्टे«लिया र चिनबिचको सम्बन्ध तनावपुर्ण रहिआएको छ ।

Leave a Reply