चीनको वान वेल्ट वान रोड अवधारणामा हस्ताक्षर गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

चीनको वान वेल्ट वान रोड अवधारणामा हस्ताक्षर गर्ने सरकारको निर्णय

२५ बैशाख, काठमाडौं । सरकारले चीनको ‘वान वेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

चीनको वान वेल्ट वान रोड अवधारणामा हस्ताक्षर गर्ने सरकारको निर्णय

२५ बैशाख, काठमाडौं । सरकारले चीनको ‘वान वेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले चीन सरकारले अघि सारेको उक्त अवधारणामा सहमति जनाउँदै हस्ताक्षर समेत गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णय संगै चीनको बेइजिङमा हुने वान बेल्ट वान रोड ओबीओआर परियोजना सम्मेलनमा नेपालले सहभागी जनाउने निश्चित भएको छ ।

बैठकले काठमाडौं उपत्यकामा चारवटा नयाँ शहर बसाउने निर्णय गरेको छ । त्यस्तै मधेश आन्दोलनका क्रममा राजविराजमा मारिएका पाँच जना तथा मोरङमा मारिएका बासुदेव साह र ताप्लेजुङमा वनरक्षकको काम गर्दा गर्दै मारिएका गणेशवहादुर शाहीलाई सहिदको घोषणा गर्ने निर्णय पनि बैठकले गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

बैठकले दक्षिण अमेरिकी देश एल सोल्भाडोरसंग कुटनैतिक सम्बन्ध स्थापित गर्ने निर्णय पनि गरिएको उहाँले बताउनुभयो ।यस्तै मन्त्रिपरिषदको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको थाइल्याण्ड र श्रीलंका भ्रमणको स्वीकृत दिएको छ । राष्ट्रपति भण्डारी थाइल्याण्ड हुँदै २९ गते श्रीलंका जाने कार्यक्रम रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);