न्यायपालिकामाथिको आक्रमणले देशको राजनीति अस्थिरः खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

न्यायपालिकामाथिको आक्रमणले देशको राजनीति अस्थिरः खनाल

२५ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले सत्तारुढ दलहरुले गरेको न्यायपालिकामाथिको आक्रमणले देशको राजनीति अस्थिर भएको बताउनु भएको छ ।

न्यायपालिकामाथिको आक्रमणले देशको राजनीति अस्थिरः खनाल

२५ बैशाख, काठमाडौं ।  नेकपा एमालेका नेता झलनाथ खनालले सत्तारुढ दलहरुले गरेको न्यायपालिकामाथिको आक्रमणले देशको राजनीति अस्थिर भएको बताउनु भएको छ ।

सोमबार नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा नेता खनालले व्यवस्थापिका संसदबाट न्यायलयमाथि आक्रमण भएको बताउदै यसले शक्ति पृथकीकरणको सिद्धान्त खलबलिने आशंका व्यक्त गर्नुभयो । सकारात्मक भूमिका खेलेर मात्रै देशलाई सुदृढ ढङ्गले अगाडि बढाउन सकिने बताउदै नेता खनालले यसका लागि राजनीतिक दलहरुले सकारात्मक भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

संघिय संसदले मात्रै संविधान संसोधन गर्न सक्ने भन्दै नेता खनालले निर्वाचन अगाडि संविधान संसोधन हुन नसक्ने बताउनु भयो । यसैगरी नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्वाचनका लागि सबै पक्षले वातावरण बनाउनु पर्ने बताउदै निर्वाचन बिथोल्नका लागि सत्तापक्षले देशका विभिन्न स्थानमा आक्रमणका घटना घटाएको आरोप लगाउनु भयो  ।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै एमालेले टि भि सि तथा म्युजिक भिडियो पनि सार्वजनिक गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);