निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न दलहरुको कसरत | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न दलहरुको कसरत

सुवास आचार्य ,२६ बैशाख , बाग्लुङ ।
करिब दुई दशक पछि हुन लागेको स्थानीय तह निर्वाचनको समय नजिकिदैं जाँदा दलहरुले निर्वाचनको नतिजा आ आफ्नो पक्षमा पार्न पुर्ण कसरतमा जुटेका छन् । अहिले राजनीतिक दल र स्वतन्त्र उम्मेदवार जनताको घरदैलोमा मत माग्न व्यस्त देखिएका छन् । चुनाव हुने नहुने अन्यौलता हटे सँगै नागरिकहरु पनि आफ्नो मत प्रयोग गर्ने

निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न दलहरुको कसरत

 

सुवास आचार्य ,२६ बैशाख , बाग्लुङ ।

करिब दुई दशक पछि हुन लागेको स्थानीय तह निर्वाचनको समय नजिकिदैं जाँदा दलहरुले निर्वाचनको नतिजा आ आफ्नो पक्षमा पार्न पुर्ण कसरतमा जुटेका छन् । अहिले राजनीतिक दल र स्वतन्त्र उम्मेदवार जनताको घरदैलोमा मत माग्न व्यस्त देखिएका छन् । चुनाव हुने नहुने अन्यौलता हटे सँगै नागरिकहरु पनि आफ्नो मत प्रयोग गर्ने अवसरबाट उत्साहित देखिएका छन् । जिल्लामा सर्वाधिक चासो र महत्वका साथ हेरिएको धौलागिरी अञ्चलको पहिलो बाग्लुङ नगरपालिकामा सबैको ध्यान र शक्ति केन्द्रित छ । दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले ले मत आआफनो पक्षमा पार्ने दाउमा छन् । एकल रुपमा चुनावमा होमिएको नेपाली काँग्रेस र राप्रपा र राष्ट्रिय जनमोर्चासंग मिलेको एमालेले मत आफनो पक्षमा पार्ने कसरत गरिरहेको छ ।

 

यस अघि एकल उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रले मेयर, उपमेयर दुवै पदका उम्मेदवारी फिर्ता लिएको छ । उम्मेदवार फिर्ता लिए पछि माओवादीले अब कसलाई समर्थन गर्छ भन्ने धेरैले चासोका साथ हेरेका छन् । अर्को तर्फ मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस र नेकपा एमालेले माओवादी समर्थन जुटाउन हरदम प्रयास जारी राखेका छन् । बाग्लुङ नगरपालिकामा नेपाली काँग्रेसले वसन्तुकमार श्रेष्ठ मयेर र शकुन्तला शर्मालाई उपमेयरमा उठाएको छ । एमाले, राजमो र राप्रपाबाट एमालेका जनक पौडेल मेयर र उपमियरमा सुरेन्द्र खड्का चुनावी मैदानमा छन् । यस्तै बाग्लुङ नगरपालिकामा मञ्जुमाया क्षेत्री (माले), रेशम थापा (संघीय समाजवादी फोरम) र तारा सापकोटा र सुमनजङ राजभण्डारी ‘प्रचण्ड’ स्वतन्त्र मेयरको उम्मेदवार बनेका छन ।

 

एमाले र राजमोबीच जैमिनी नगरपालिका, गलकोट नगरपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, निशीखोला र काठेखोला गाउँपालिकामा समेत तालमेल भएको छ । नेपाली काँग्रेसबाट मेयरका उमेदवार बसन्तकुमार श्रेष्ठले आधुनिक शिक्षामा लगी पर्यटन शिक्षालाई प्याकेजका रुपमा विकसित गर्ने योजना रहेको बताउनुभयो । उहाले अबको २ बर्ष भित्रमा १४ वडा वाडमा नै पक्की सडक सञ्जाललाई विकास गर्ने एवं खानेपानीको व्यवस्थापन गर्ने मुख्य योजना रहेको बताउनुभयो ।

 

नेकपा एमालेबाट मेयरका उमेदवार जनक पौडेलले सर्वप्रथम बागलुङ बजारको ढल व्यवस्थापन गर्ने र महिला, दलित, जनजातीको पहुँच बढाउन लागि पर्ने एवं मध्यपहाडी लोकमार्ग संग जोडिएका धार्मिक तथा पर्यटकिय क्षेत्रको विस्तार गर्ने उद्देश्य लिएको बताउनुभयो । १४ वटा वाड रहेको बागलुङ नगरपालिकामा कुल ३४ हजार ५ सय २८ जना मतदाता रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);