डन गणेश लामा वाम गठबन्धनका उम्मेदवारभन्दा साढे ७ हजार मतले पछाडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

काठमाडौँ, १९ कार्तिक । डनको नामले परिचित नेपाली कांग्रेसका युवा नेता गणेश लामा बाम गठबन्धनका उम्मेदवार भन्दा झण्डै ८ हजार मत पछाडी देखिएका छन्। नेपाली कांग्रेसको तर्फबाट काभ्रे जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका गणेश लामा वाम गठबन्धनका साझा उम्मेदवार चन्द्र लामाभन्दा साढे ७ हजार मतले पछाडि देखिएका हुन्।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार उनी वाम गठबन्धनभन्दा पछाडि देखिएका हुन्। स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एमालेको १५,७९६ मत तथा माओवादी केन्द्रको ७,६६६ मत जोडर बाम गठबन्धनको पक्षमा २३,४२२ मत हुन आउँछ।

यहाँ नेपाली कांग्रेसको पक्षमा १५,८०३ मत छ। जहाँ वाम गठबन्धनका उम्मेदवार भन्दा कांग्रेसका उम्मेदवार ७,६५६ मतले पछाडी छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);