नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारको अग्रता, डा महत दुई हजार मतले पछाडी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नुवाकोट, २३ मंसिर । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ ।

पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा वाम गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले कांग्रेस उम्मेदवार तथा डा रामशरण महतलाई सुरुदेखि नै पछाडि पारिरहेका छन् ।

६९ हजार आठसय मत खसेको नुवाकोट क्षेत्र नम्बर–२ मा २६ हजार बढी मतगणना भइसकेको छ । तामाङको १४ हजार एक सय ८३ मत रहेको छ भने कांग्रेसका उम्मेदवार डा महतले ११ हजार ६ सय ५१ मत प्राप्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);