गोरखा २ : विभिन्न हत्कण्डा अपनाउँदै माओवादी, गोप्य कोठाको चाबी बोकेर कार्यकर्ता टाप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गोरखा २ : विभिन्न हत्कण्डा अपनाउँदै माओवादी, गोप्य कोठाको चाबी बोकेर कार्यकर्ता टाप

काठमाडौँ । गोरखा २ मा मतगणना भइरहँदा मतपेटिका भण्डारण गरेको कोठाको चाबी बोकेर माओवादीका प्रतिनिधि गायब भएपछि हल्लाखल्ला भएको छ। यहाँ निरन्तर बाबुराम भट्टराईले अग्रता बढाइरहेका छन्। मतपेटिका राखेको कोठा खोल्न नपाएपछि मतगणना केहीबेरसम्म रोकियो।

चाबी लिएका प्रतिनिधि हराएपछि षड्यन्त्रको आशंकामा निकै हल्लाखल्ला भयो। मतगणना नै रोखिएपछि ती प्रतिनिधिको निकै खोजी भयो। पछि ती प्रतिनिधि भेटिएका छन्। ती प्रतिनिधिले आफुँ फरार हुने नियत नभइ कामविशेषले बाहिर गएको बताएपछि अहिले स्थिति सामान्य भएको छ।

उनी भेटिएपछि कोठा खोलेर मतपेटिका निकाली अहिले मतगणना पुन सुरु भएको छ। केही महिना अगाडि चितवनको भरतपुर महानगरपालिकाको मेयर पदको मतगणनामा माओवादीकी उम्मेदवार रेणु दाहाल हार्ने भएपछि उनका कार्यकर्ताले पतपत्र च्यातेर सो वडामा पुन मतदान गरिएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);