सिन्धुपाल्चोक २ मा कांग्रेस र १ मा एमालेको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सिन्धुपाल्चोक २ मा कांग्रेस र १ मा एमालेको अग्रता

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार सरेश नेपालले अग्रता कायम गरेका छन् । नेपालले ६ हजार चार सय ६६ मत ल्याउदा उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक वाम गठबन्धनका उम्ममेदवार माधव सापकोटाले पाँच हजार पाँच सय ३६ मतले पछ्याइरहेका छन् । १५ हजार तीन सय ७४ मत गणना गर्दा सापकोटाभन्दा नेपाल नाै सय ३० मतले अगाडि छन् ।  क्षेत्र नम्बर १ (क) मा एमालेका उम्मेदवार युद्धविक्रम तामाङले अग्रता बनाएका छन् । उनले सात हजार तीन सय ४६ मत ल्याएका छन भने गठबन्धनका उम्मेदवार कांग्रेसकी मसिना खड्काले सात हजार तीन सय २८ मत छ । यी दुईबीचमा तामाङ १८ मतले अगाडि छिन् । यस्तै क्षेत्र न. २ मा कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता लिएका छन् । बस्नेतले पाँच हजार नाै सय ५४ मत ल्याउदा प्रतिद्धन्द्धी एमालेका उम्मेदवार शेरबहादुर तामाङले चार हजार तीन सय ८१ मत छ । बस्नेतभन्दा  तामाङ एक हजार पाँच सय ७३ मतले पछाडि छन् ।

क्षेत्र नम्बर २ (क) मा गठबन्धन उम्मेदवार युवराज दुलालले अग्रता बनाएका छन् । दुलालकाे पाँच हजार नाै सय ६८ मत छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);