गगन थापाले दिए मतदातालाई धन्यवाद | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

गगन थापाले दिए मतदातालाई धन्यवाद

काठमाडौं। कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ का मतदातालाई धन्यवाद दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत थापाले आफूलाई  विश्वास गरेर यस पटक पनि प्रतिनिधि सभा सदस्य पदमा विजयी गराएकोप्रति मतदातालाई धन्यवाद दिएका हुन् ।  ‘फेरि एक पटक काठमाडौँ क्षेत्र नम्बर ४ का मतदाताहरूले मलाई विश्वास र स्नेह प्रकट गरेर प्रतिनिधि सभामा निर्वाचित गरिदिनुभएकोमा मेरो श्रद्धेय मतदाताहरूलाई कोटी कोटी नमन गर्न चाहन्छु। हजुरहरूप्रति म कृतज्ञ छु, आभारी छु र ऋणि छु।’, उनले भनेका छन् ।

थापा एमालेका राजन भट्टराईलाई पछि पार्दै भारी मतका साथ सांसद निर्वाचित भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);