आज उम्मेदवारी फिर्ता लिने समय, निर्वाचन चिह्न पनि प्रदान गरिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं, १९ कार्तिक । निर्वाचन आयोगले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुलाई आज निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ। आयोगले उम्मेदवारहरुविरुद्ध परेका उजुरीको छानविन गरिसकेपछि आज निर्वाचन चिह्न प्रदान गर्न लागेको हो।

आयोगले उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन चाहे आजैका लागि समय दिएको छ। उम्मेदवारी फिर्ता भइसकेपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार १ सय २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १ हजार ७ सय ४२ जनाको उम्मेदवारी परेको छ भने प्रदेश सभातर्फ २ सय ५६ प्रतिनिधिका लागि २ हजार ९ सय ६६ जना मैदान उत्रिएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);