मंसिर १० को निर्वाचनका लागि ७०२ जना उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, ९ कार्तिक । निर्वाचन आयोगले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनावका लागि जम्मा ७०२ जना उम्मेदवारलाई बुधबार निर्वाचन चिह्न प्रदान गरेको छ। सय जनाको उम्मेदवारी फिर्ता भएको छ भने एक जनाको उम्मेदवारी रद्द भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

कार्तिक ५ गते ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ पदका लागि जम्मा ८०३ जना उम्मेदवारको उम्मेदवारी मनोनयन दर्ता भएको थियो। बुधबार सम्बन्धित जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको हो।

आयोगको सूचना प्रविधि महाशाखाबाट प्राप्त जानकारीअनुसार, प्रदेशसभातर्फ ४८१ र प्रतिनिधिसभातर्फ ३२२ उम्मेदवारमध्ये प्रदेशसभाका ६० र प्रतिनिधिसभाका ४० जनाको उम्मेदवारी फिर्ता भएको छ भने प्रदेशसभातर्फ एक जनाको उम्मेदवारी रद्द भएको छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);