आज उम्मेदवार विरुद्ध उजुरी दिन पाईने, आईतबार चुनाव चिह्न वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १७ कार्तिक । आगामी मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत आज शुक्रबार उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ। बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने समय तय गरिएको हो।

दोस्रो चरणमा आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा चुनावको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४ हजार ७ सय ८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत हिजो बिहीबार उम्मेदवारको मनोनयन दर्ता भईसकेको छ। जसमा ४५ जिल्लाबाट प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ सदस्य निर्वाचित हुनेछन्।

प्रतिनिधि सभातर्फ १ हजार ७ सय ४२ र प्रदेश सभातर्फ २ हजार ९ सय ६६ उम्मेदवारी दर्ता भएको छ। निर्वाचन कार्यक्रमअन्तर्गत शनिबार उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र भोलि शनिबार नै उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ।

कार्तिक १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगको तयारी छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);