अबको सरकार जनचाहना अनुुसार सञ्चालन हुन्छः नेता ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

झापा, १७ कार्तिक। एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि जनचाहना अनुसारको शासनसत्ता सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।

झापामा आयोजित कार्यक्रममा बोल्दै वाम गठबन्धनको एक मात्र उद्देश्य राष्टिय समृद्धि रहेको र निर्वाचनपछि जनचाहना अनुसार शासन सत्ता निर्माण हुने विश्वास दिलाएका हुन्। उनले अबको निर्वाचनपछि मुलुक समृद्धितर्फ जाने समेत दाबी गरेका छन्।

ओलीले मुलुकमा विद्यमान रहेको बेरोजगारी समस्यालाई अन्त्य र गरिब, विपन्न एंव उत्पीडितको हकअधिकारको संरक्षण गर्ने गरी वाम गठबन्धनले यही सोमबार विधिगतरुपमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताए ।

अध्यक्ष ओलीले कांगे्रसलगाएतका अन्य दलहरुलाई गठबन्धन विरुद्ध कुनै भ्रम पैदा नगर्न चेतावनी दिएका छन्। उनले निर्वाचनको आचार संहितालाई उल्लघन हुने कुनै कार्य नगर्न आग्रह गरेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);