राप्रपाको घोषणा पत्र, राजा सहितको प्रजातन्त्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौँ, १७ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘राजासहितको प्रजातन्त्र’ लाई घोषणापत्रमा समेट्ने कुरा सार्वजनिक गरेको छ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जनताको अभिमत संकलनका लागि निर्माण गर्न लागिएको घोषणापत्रमा संवैधानिक राजसंस्थालाई निरन्तरतासहितको परिवर्तनका रुपमा समावेश गरिन लागेको बताइएको छ।

पार्टीले स्थापनाकालदेखि नै हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र एकात्मक राज्य प्रणालीको विषयलाई दीर्घकालीन कार्यदिशा बनाएको थियो ।

संविधान जारी भएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नेतृत्व गर्दै पार्टीले संघीयता, गणतन्त्र र धर्मनिरपेक्ष सुनिश्चित गरिएको संविधान कार्यान्वयनतर्फ लागेपछि आफ्ना आदर्श परित्याग गरेको भन्दै सोही पार्टीका शीर्ष नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);