हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने राप्रपाको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने राप्रपाको माग

Kamal-Thapa-

काठमाडौं, ६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनसँगै हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने माग गरेका छन् ।

शुक्रबार सम्पन्न पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनसँगै हिन्दु राष्ट्रबारे राष्ट्रिय जनमत संग्रह हुनुपर्ने माग गरेको हो ।

हिन्दु राष्ट्रको पक्षमा आम नागरिक रहेकाले पनि हिन्दु राष्ट्र पुर्नस्थापना गर्ने पार्टीको मागलाई जनमत संग्रहबाट टुंगो लगाउन राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने माग गर्नु परेको अध्यक्ष कमल थापाले स्पष्ट पारे ।

पार्टीले हिन्दु राष्ट्र कायम गर्न माग गर्दै संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव समेत ठूला राजनीतिक दलहरुले बेवास्ता गरेपछि प्रदेश सभा र प्रतिनिधि सभको निर्वाचनसँगै यसलाई जनमत संग्रहबाट टुंगो लगाउनुपर्ने उनको माग छ ।

अध्यक्ष थापाले जनमत संग्रहबाट हिन्दु राष्ट्रबारे निर्णय लिन सरकार र राजनीतिक दलहरुलाई दवाव दिन आगामी असोज २३ गते सम्पूर्ण जिल्ला सदरमुकामहरुमा दवावमूलक कार्यक्रम ंसंचालन गर्ने निर्णय गरिएको उनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा शान्ति, स्थायित्व र समृद्धिका लागि भन्दै राष्ट्र प्रमुखको रुपमा आलंकारिक संवैधानिक राजसंस्था र कार्यकारी प्रमुखको रुपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने व्यवस्था गर्न माग गरेको छ ।

मुलुकमा विद्यमान अस्थिरताको अन्त्य गर्दैै आर्थिक समृद्धिमा केन्द्रित गराउन पनि संविधानका कतिपय प्रावधानलाई संशोधन गर्दै लैजानुपर्ने भएकाले संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री मुलुकको कार्यकारी हुने शासन व्यवस्थाको पक्षमा जाने निर्णय लिइएको पनि पार्टी अध्यक्ष थापाले बताए । पार्टीले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तह सबै निर्वाचनम पूर्ण समानुपातिक हुनुपर्ने प्रस्ताव पनि अघि सारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);