राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा लगाएतका कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ । सनातन हिन्दु राष्ट्रको माग गर्दै दवाव दिन प्रदर्शनमा उत्रिएका राप्रपाका नेता कार्यकतालाई प्रहरीले लाठिचार्जसहित पक्राउ गरेको हो । पक्राउ परेका नेता कार्यकर्तालाई प्रहरीले सोमबार नै छोडेको छ ।

हिन्दु राष्ट्र पुनस्र्थापना, संघीयता खारेजी र राजासहितको बहुदलीय प्रजातन्त्र पुन:स्थापनाको मुद्धा बोकेको राप्रपाले आफ्नो माग पुरा गर्न चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत माघमा ज्ञापनपत्र बुझाएर राजा सहितको प्रजातन्त्र स्थापना, सनातन हिन्दु राज्य कायम गर्न तथा संघीयतामा जनमत संग्रह गर्न माग गर्दै त्यसका विषयमा बृहत गोलमेच सम्मेलनको माग गरिहेको छ ।

सोमबार यही विषयको माग गर्दै संबोधन गरिरहेका राप्रपा अध्यक्षसहित नेताहरुलाई भाषण गरिरहेको भ्यान नै गुडाएर प्रहरीले पुलिस क्लव पु-याएको थियो ।

गत १७ गते देखि देशव्यापी हस्ताक्षर कार्यक्रम संकलन समेत गरेको राप्रपाले सोमबार संघीय राजधानीको मुख्यालय सिंहदरवारसहित देशैभरकाका मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिने कार्यक्रम राखेको थियो । त्यस क्रममा प्रहरीले प्रदर्शनकारी माथी लाठीचार्ज गर्दै अश्रुग्यास समेत प्रहार गरेका थियो ।

यसअघि फागुन ७ गते नै राजतन्त्र, संघीयता र धर्मका विषयमा जनमत संग्रह गराउन प्रधानमन्त्रीलाई २२ बुँदे माग बुझाएको थियो । प्रधानमन्त्रीले माग पुरा हुन नसक्ने भन्दै आन्दोलनबाट माग पुरा गराउन शुभकामना दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);