अर्घाखाँची र सुनसरीमा सवारी दुर्घटना हुँदा ७ को मृत्यु, ४५ बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अर्घाखाँची र सुनसरीमा सवारी दुर्घटना हुँदा ७ को मृत्यु, ४५ बढी घाइते

accident

काठमाडौं, २५ चैत । अर्घाखाँची र सुनसरीमा सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । सोमवार अर्घाखाँचीको दरमुकाम सन्धिखर्कको चुत्रावेशीबाट प्युठानको बरौला गाउँतर्फ जाँदै गरेको यात्रु बाहक जिप अर्घाखाँचीको लात्तेबाँझमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

लु १ ज १२२९ नम्बरको जिप लात्तेबाँझको उकालोमा ब्रेक फेल भएपछि सडकबाट तल खस्दा दुर्घटना भएको थियो । १४ सिट मात्रै भएको जीपमा १८ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा १५ जना घाईते भएका छन् । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरान आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा दुर्घट्ना भएको थियो । घाइतेहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);