छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, ३१ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, ३१ घाइते

accident

काठमाडौं, असोज ३० । मंगलबार छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

काठमाडौं बाट रामेछापको खाँडादेवीमा बा ३ ख ४६७५ नम्बरको यात्रुबाहाक बस दुर्घटना हुँदा १३ बर्षिया बालिकाको मृत्यु भएको छ भने दुर्घट्नामा परि २९ जना यात्रु घाइते भएका हुन् । खाँडादेवी गाउपालिका ३ भीरपानीको सार्की पधेरो भन्ने ठाउमा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

त्यस्तै रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ बा ३ ख ७४६१ नम्बरको बस सल्लेबाट खलंगा तर्फ जाँदै गर्दा सल्ले बसपार्क नजिक दुर्घटना भएको थियो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);