गणतन्त्रको उपहास भइरहेको राप्रपा अध्यक्ष थापाको भनाई | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

गणतन्त्रको उपहास भइरहेको राप्रपा अध्यक्ष थापाको भनाई

झापा, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले गणतन्त्रको उपहास भइरहेको बताउनु भएको छ । आज झापाको दमकमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो “ उपराष्ट्रपतिद्धारा राष्ट्र प्रमुख राष्ट्रपति र सरकारको निर्णयको सार्वजनिक रुपमै विरोध र आलोचना हुनु, सभामुखबाट राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधिश विरु ऋदालतमा मुद्दा हाल्नु, जिम्मेबार राजनीतिक दलले अदालतलाई धम्क्याउनु, तर्साउनु जस्ता कार्यले गणतन्त्रको उपहास भइरहेको छ” । अध्यक्ष थापाले देशले भोग्नु परेको संकटबा मुक्ति दिनका निम्ति सबैभन्दा उपयुक्त विकल्प ताजा जनादेशका लागि जनातामा जानुपर्ने बताउनु भयो ।

उहाँले सर्वोच्चको फैशला सम्मान गर्ने भन्दै विगत १४ बर्षको राजनीतिक अभ्यास र अनुभवबाट पाठ सिकेर हिन्दु राष्ट्र र राजसंस्था स्थापना गर्ने विषयमा पुनरविचार गर्न अनुरोध गर्नुभयो । अध्यक्ष थापाले कसैलाई निषेध नगरौ भन्दै राजनीतिक दलहरुलाई हिन्दु राष्ट्र र राजसंस्था पुनरस्थापना गर्ने विषयमा संकोच छ भने जनताको अभिमत बुझ्नको निमित्त हिन्दु राष्ट्र र राजसंस्थाको विषयमा जनमत संग्रह गर्न पनि अनुरोध गर्नुभयो ।

राप्रपा पटक–पटक फुट्छ नि ? भनि पत्रकारले सोधेको प्रश्नमा नेता थापाले गीता छोएर कसम खाएका कारण अब पार्टी फुट्दैन भन्ने जबाफ दिनुभयो । पत्रकार सम्मेलनमा राप्रपाका एक नम्बर प्रदेश अध्यक्ष राम थापा, झापा जिल्ला अध्यक्ष अमर विष्ट, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);