विप्लवलाई मुलधारमा ल्याउन लागेको थाहा पाएर कतिपयलाई छट्पटि भएको प्रधानमन्त्री ओलीको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

विप्लवलाई मुलधारमा ल्याउन लागेको थाहा पाएर कतिपयलाई छट्पटि भएको प्रधानमन्त्री ओलीको टिप्पणी

pm kp sharma oli

काठमाडाैं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लव पक्षसँग वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छट्पटि भएको टिप्पणी गरेका छन् ।

आइतबार पाँचौ इन्द्रदह पर्यटन महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विरोध गर्दै आएको समूहलाई वार्तामा ल्याउँदा केही व्यक्तिलाई छट्पटि भएको टिप्पणी गर्नुभएको छ । विप्लव समूहले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाउ दिएको थियो ।

प्रधानमन्त्री ओलीले नेकपाको दाहाल–नेपाल पक्षलाई संकेत गर्दै सरकारलाई अवरोध गर्नेहरु पार्टीबाट बाहिरिएपछि मात्रै देश र जनताको पक्षमा उल्लेखनीय काम भइरहेको दाबी समेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले फरक राजनीतिक बाटोमा रहेका विप्लव समूहलाई वार्तामा ल्याएर शान्तिपूर्ण राजनीतितर्फ डोर्होयाउन आफूले पहल गरिरहेको बताउनुभएको छ । ओली नेतृत्वको सरकारले यसअघि पृथकतावादी आन्दोलन गरिरहेको सीके राउतको समूहलाई समेत मुलधारमा ल्याउन सफल भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);