अन्तिम किस्तामा आएर नेपाल शान्ति युगमा प्रवेश गर्‍यो : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

अन्तिम किस्तामा आएर नेपाल शान्ति युगमा प्रवेश गर्‍यो : प्रधानमन्त्री ओली

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम किस्तामा आएर नेपाल शान्तिको युगमा प्रवेश गरेको बताएका छन् । नेकपा विप्लवसंग शुक्रबार राजधानीमा आयोजित तीन बुँदे सहमतिको औपचारिक हसताक्षर कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

शान्तिपूर्ण राजनीतिमा आएकोमा प्रधामनन्त्री ओलीले विप्लवलाई सहासिक र ऐतिहासिक निर्णय गरेको बताए। ‘ अब नेपालमा कुनै हिसात्मक गतिविधि छैन’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपालकोबारे सयुक्त राष्ट्रसंघमा नेपालको शान्तिको प्यारामिटर निकै माथि गएको र अब झन बढेको बताए। लामो समयदेखि विप्लवसग वार्ता भएको दावी गर्दै ओलीले भने‘ यो फोर्स ल्याडिङ क्रयास लेण्डिङ होइन सेफ ल्याण्डिङ हो’ प्रधामन्त्रीले भने। केही दिन पहिले रातरात हसमति भएको भनाईप्रति टिप्पणी गर्दै ओलीले भने‘वार्ता लामो समय देखि चलिरहेको थियो, हामीले वार्ता नगरा बजाएर गरेनौ, वार्ता जस्तो गर्यौ’।

Leave a Reply

ताजा समाचार