मुलुक आर्थिक विकास र समृद्धिको नयाँ युगमा प्रवेश : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मुलुक आर्थिक विकास र समृद्धिको नयाँ युगमा प्रवेश : प्रम ओली

काठमाडौं, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक विकास र समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले संविधान जारी गरेर सबै तहको निर्वाचन सम्पन्न भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोग अझै वृद्धि हुने विश्वास समेत व्यक्त गरे ।

बुधबार काठमाडौंको हनुमानढोकास्थित ऐतिहासिक तथा सांस्कृतिक धरोहरको रुपमा रहेको गद्दी बैठकको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको भूकम्पपछिको पुननिर्माणको काममा सहयोग गर्ने सबै अन्तर्राष्ट्रिय समूदायप्रति आभार व्यक्त गरे ।

उनले भूकम्पपछिको पुनर्निर्माणको कामलाई गुणस्तरीय बनाउन सरकार प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री ओलीले भूकम्पले क्षति पु-याएका काठमाडौं उपत्यका भित्रका पूरातात्विक तथा सांस्कृतिक महत्वका सम्पदाहरुको चर्चा गर्दै त्यसको पुनर्निर्माण कार्यमा ढिलाई नहुने प्रतिवद्धता समेत व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);