नारायणगढ–मुग्लिन सडकखण्ड ५ घण्टापछि खुल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नारायणगढ–मुग्लिन सडकखण्ड ५ घण्टापछि खुल्यो

muglin sadak

चितवन, १३ असार । पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड ५ घण्टापछि खुलेको छ । बुधबार बिहान चारकिलोमा पहिरो झर्दा सो सडकखण्ड अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध हुँदा सयौं सवारी साधन र यात्रु अलपत्र भएका थिए । अहिले सो सडकखण्ड दुबैतर्फी नै खुलेको प्रहरीले जनाएको छ । सडक विस्तारका क्रममा काटिएको पहाड र भित्तोबाट पहिरो झर्न थालेपछि मुग्लिन सडकखण्डमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

मंगलबार पनि पहिरो झर्दा ११ घण्टा सडक अवरुद्ध भएको थियो । पहिरोको जोखिम बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ओभरटेक नगरी आफ्नो लेनमा गाडी चलाउन आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);