चीन भ्रमणको क्रममा थप ५ वटा नाका खोल्ने सहमति : परराष्ट्रमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, १३ असार । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राजदूत नियुक्तीलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका परराष्ट्र मामिलासम्बन्धि जिज्ञासाहरुको जवाफ दिँदै मन्त्री ज्ञवालीले योग्यता र क्षमताको आधारमा राजदूतहरुको नियुक्ती गर्ने स्पष्ट पारे ।

उनले नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । मन्त्री ज्ञवालीले नेपालको तराईमा हुने डुबान समस्या समाधानका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिइएको बताए ।

कालापानी, सुस्ता लगायतका क्षेत्रमा देखिएको सिमा विवाद समाधान गर्न सरकारले स्थलगत सर्वेक्षणको कामलाई अघि बढाएको जानकारी दिए ।

मन्त्री ज्ञवालीले नेपालमा रेल सेवा संचालन गर्ने समझदारी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको दावी गरे । उनले सरकारले वैदेशिक रोजगारीमा जानेहरुको उचित व्यवस्थापन गर्न आवश्यक पहल गर्नेलगायतका काम भईरहेको बताए ।

मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा थप ५ वटा नाका खोल्ने सहमति गरिएको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);