अनसन स्थगित गरेर वार्तामा आउन सरकारको आह्वान | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

अनसन स्थगित गरेर वार्तामा आउन सरकारको आह्वान

pradip gyawali

काठमाडौं, ४ साउन । सरकारले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई अनसन स्थगित गरेर वार्तामा आउन आह्वान गरेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले वरिष्ठ चिकित्सक केसीलाई अनसन स्थगित गरेर वार्तामा आउन आह्वान गरेका हुन् ।

उनले सरकार केसीको जायज माग सम्बोधन गर्न लचकताका साथ प्रस्तुत हुने प्रस्ताव पनि अघि सारे । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले जीवन रक्षाका लागि वरिष्ठ चिकित्सक केसीलाई काठमाडौं ल्याउँदा पनि सरकारको आलोचना गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

मन्त्री ज्ञवालीले केसीलाई केही राजनीतिक दलहरुले आफ्नो स्वार्थ सिद्धीका लागि प्रयोग गरिरहेको दावी गर्दै सचेत रहन आग्रह गरेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले वरिष्ठ चिकित्सक केसीको मागलाई सम्बोधन गर्न वार्ता टोली नै गठन गर्नु परेको स्पष्ट पारे । उनले आयोग मार्फत् चिकित्सा क्षेत्रमा देखिएको समस्या समाधान गरेर जाने गरी आएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई सहयोग गर्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई पनि आग्रह गरेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय संरचनाका कारण नेपालमा हुने डुबान समस्या छिट्टै समाधान हुने बताए । भारतीय अधिकारीहरुले दुवै देशमा हुने डुबान समस्या समाधानका लागि अध्ययनको कामलाई अघि बढाएको र केही समय भित्रै नेपालमा हुने डुबान समस्या समाधान हुने उनले बताए ।

मन्त्री ज्ञवालीले नारायणी नदीमा रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययनको काम सुरु गरिएको बताए । उनले आगामी सेप्टेम्बर भित्र भारतसँग गरिएका सहमति कार्यान्वयन हुने गरी कामलाई अघि बढाइएको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);