डा. केसी त्रिवि शिक्षण अस्पतालमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डा. केसी त्रिवि शिक्षण अस्पतालमा

kc

काठमाडाैं, ३ साउन । जुम्लामा २० दिनदेखि अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि सरकारले बिहिबार वरिष्ठ चिकित्सक केसीलाई हेलिकप्टरमा राखेर काठमाडौं ल्याएको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट बिहिबार साँझ सैनिक मंच टुडिखेलमा अवतरण गराइएको वरिष्ठ चिकित्सक केसीलाई महाराजगंजस्थित शिक्षण अस्पतालमा पु-याइएको छ ।

अस्पतालमा आईसीयूमा राखेर उपचार गर्ने व्यवस्था अस्विकार गरेपछि वरिष्ठ चिकित्सक केसीलाई पुरानै ठाउँबाट उपचार सुरु गरिएको छ ।

उनलाई अस्पतालमा पु¥याउँदा अस्पताल परिसरमा व्यापक प्रहरी परिचालन गरिएको थियो । त्यस अवसरमा वरिष्ठ चिकित्सक केसीका समर्थकहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक आफ्नो माग विपरित रहेको दावी गर्दै वरिष्ठ चिकित्सक केसीले गत असार १६ गते जुम्लामा पुगेर आमरण अनसन सुरु गरेका थिए । उनले आफ्नो माग सम्बोधन नभएसम्म अनसन जारी राख्ने घोषणा गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);