डा. केसीको जीवन रक्षाका लागि प्रदर्शनमा उत्रन देउवाको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डा. केसीको जीवन रक्षाका लागि प्रदर्शनमा उत्रन देउवाको आह्वान

deuba

काठमाडौं, ३ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि एकतावद्ध भएर प्रदर्शनमा उत्रन सबैलाई आह्वान गरेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक केसीले जायज माग राखेर आमरण अनसन बसेको दावी गर्दै उनको जीवन रक्षाका लागि एकतावद्ध भएर प्रर्दशनमा उत्रन आह्वान गरेका हुन् ।

उनले बिहिबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहू पारित नगरे मान्य नहुने चेतावनी दिए । सभापति देउवाले डा. केसीको ज्यान जाने अवस्था आउँदा पनि सरकार उनको माग सम्बोधन गर्न गम्भिर नभएको आरोप लगाए ।

सभापति देउवाले जुम्लामा वरिष्ठ चिकित्सक केसीको समर्थकमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरी कुटपीट गरेको घटनाको निन्दा र भत्सर्ना गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);