अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याइयाे | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याइयाे

govinda kc

काठमाडौं, ३ साउन । अनसनरत डा. गोविन्द केसीलाई जुम्लाबाट काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकाेप्टरबाट केसीलाई केहीबेर अघि काठमाडौं ल्याइएको हो । स्थानियले माला लगाएर अनसनरत डा. केसीलाई विदाइ गरे । काठमाडौं फर्किनुपर्दा केसी भक्कानिएका थिए ।

यसैबीच प्रहरीले डा. गोविन्द केसीका समर्थकमाथि जुम्लामा लाठी प्रहार गरेको थियो । जुम्लाका स्थानीयवासीले हेलिकप्टरसहित गएको सरकारी टोली तथा कर्णाली प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रवेशमा रोक लगाइएपछि प्रहरीले लाठी चार्ज गरेको हो।

प्रहरीको लाठी प्रहारका कारण प्रतिष्ठान परिसरमा मानव साङ्लो बनाएर बसेका महिला तथा विद्यार्थीको भागाभाग भएको थियो । केही विद्यार्थी घाइते भएका थिए । आफ्नो समर्थनमा उभिएका स्थानीयवासी कुटिएपछि डा. केसी सरकारी टोलीसँग काठमाडौं आउन तयार भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले स्वास्थ्य अवस्था जटिल बनेका केसीलाई काठमाडौं ल्याएर उपचार गर्ने र उनका मागबारे खुला छलफल गर्ने निर्णय गरेअनुरुप स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी सहितको टोली आज विहान हेलिकप्टर लिएर जुम्ला पुगेको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);