डा,केसीको आमाशयमा रक्तश्राव, जबर्जस्ती काठमाडौं ल्याउने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

डा,केसीको आमाशयमा रक्तश्राव, जबर्जस्ती काठमाडौं ल्याउने तयारी

dr govinda kc

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । अस्पताल प्रशासनले उनको जीवन रक्षाकै लागि भए पनि जबर्जस्ती काठमाडौं लैजाने तयारी गरेको छ ।

अनसनरत केसीले भने आफ्ना माग पूरा नभइ काठमाडौं नजाने अडान लिएका छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार काठमाडौंबाट जसरी भए पनि डा। केसीलाई पठाउन निर्देशन आइसकेको छ । यही कारण आज उनलाई जबर्जस्ती भए पनि काठमाडौं लगिने उनको भनाइ छ ।

यस्तो छ डा। केसीको स्वास्थ्य अवस्था
डा। केसीको उपचारमा संलग्न डा। शेरबहादुर कमरका अनुसार उनको सुगर लेवल घटेर ४० पुगेको छ । यस्तै, प्रेसरको लेभल पनि निकै कम रहेको छ । अर्का डा। सुबेधराज कायस्थले उनको आमाशयबाट पनि रक्तश्राव भइरहेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);