मुलुकलाई समृद्ध बनाउन खेलकुद क्षेत्रले महत्वपूर्ण योगदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

मुलुकलाई समृद्ध बनाउन खेलकुद क्षेत्रले महत्वपूर्ण योगदान

Home-minister-badal-ram-bahadur-thapa

काठमाडौं, १३ असार । गृहमन्त्री रामबहादुर थापाले मुलुकलाई समृद्ध बनाउन खेलकुद क्षेत्रले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

गृहमन्त्री थापाले राष्ट्र निर्माणको अभियानमा जुट्न खेलाडीहरुलाई आह्वान समेत गरेका छन् । बुधबारबाट काठमाडौंमा सुरु भएको ‘प्रथम स्वर्गीय प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिताको काठमाडौं एक कार्यक्रमकाबीच उद्घाटन गर्दै उनले खेलकुद क्षेत्रकै माध्यामबाट मुलुकलाई समृद्ध र विकसित बनाउन सकिने आशा व्यक्त गरे ।

गृहमन्त्री थापाले सरकारले खेलकुद क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने आश्वासन पनि दिए ।
मन्त्री थापाले खेलकुद क्षेत्रबाट स्वस्थ नागरिक तयार हुने र यसले राष्ट्र निर्माण अभियानमा उल्लेख्य योगदान दिने बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);