बसन्तपुरस्थित गद्दी बैठक पुनर्निर्माण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बसन्तपुरस्थित गद्दी बैठक पुनर्निर्माण सम्पन्न

काठमाडौं, १३ असार । भूकम्पले क्षति पु-याएको बसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठकको पुनर्निर्माण सम्पन्न भएको छ । नेपालको ऐतिहासिक तथा पुरातात्विक महत्वको १ सय १० वर्ष पूरानो गद्दी बैठक अमेरिकी सरकारको ७ लाख अनुदान सहयोगमा पुनर्निर्माण कार्य सम्पन्न गरिएको हो ।

रेट्रोफिटिङ गरेर पुनर्निर्माण गरिएको गद्दी बैठकको बुधबार बसन्तपुरमा एक कार्यक्रमको आयोजना गरि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

विक्रम संवत १९६५ मा राजा पृथ्वीविक्रम शाहको पालामा सो गद्दी बैठक निर्माण गरिएको थियो । त्यसलाई पुनर्निर्माण गरेर पूरानै स्वरुप कायम गरिएको हो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले गद्दी बैठक पुनर्निर्माण गर्न सहयोग गर्ने अमेरिकी सरकार तथा देश भित्रका सबै संघ, संस्थाहरुलाई धन्यवाद व्यक्त गरे । उनले सरकारले सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिएको पनि स्पष्ट पारे।

नेपालका लागि अमेरिकी कार्यबहाक राजदुत पिटर मालनाकले अमेरिकाले विश्व सम्पदाहरुको पुनर्निर्माण गर्ने अभियान अन्तरगत भूकम्पले क्षति पु-याएको गद्दी बैठक पुननिर्माणमा आर्थिक सहायता उपलब्ध गराएको स्पष्ट पारे । उनले अमेरिकाले नेपालको पुनर्निर्माणको काममा सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

झण्डै डेढ वर्ष लगाएर पुनर्निर्माण गरिएको यो गद्दी बैठक २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पु¥याएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);