अपराध नियन्त्रण गर्ने अभियानमा सहयोग गर्न खेलाडीलाई गृहमन्त्रीकाे आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

अपराध नियन्त्रण गर्ने अभियानमा सहयोग गर्न खेलाडीलाई गृहमन्त्रीकाे आह्वान

rambahadur thapa

काठमाडौं, २३ असार । गृहमन्त्री रामबहादुर थापाले सुशासन र अपराध नियन्त्रण गर्ने सरकारको अभियानमा सहयोग गर्न खेलाडीहरुलाई आह्वान गरेका छन् ।

गृहमन्त्री थापाले युवाहरु लागू पदार्थ दुव्र्यसनीमा फस्दै गएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्ने काममा सबैले सरकारलाई सहयोग गर्नुपर्ने स्पष्ट पारे ।

नेपाल मगर संघले मगर खेलाडीहरुको सम्मानमा शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले खेलकुद क्षेत्रको माध्यमबाट पनि मुलुकलाई समृद्ध बनाउन चाहेको बताए ।

खेलकुद क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर मुलुकको विकास र समृद्धिमा योगदान दिन सकिने गृहमन्त्री थापाको भनाई छ । गृहमन्त्री थापाले मुलुकको विकास र समृद्धिको लक्ष्य हासिल गर्न सरकारले खेलकुद क्षेत्रको विकासमा विशेष ध्यान दिएको दावी गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);