कानुन तोड्नेमाथि कडा कार्वाही गर्ने गृहमन्त्रीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

काठमाडौं, १ चैत । गृहमन्त्री रामबहादुर थापाले कानुन तोड्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । गृहमन्त्री थापाले कानुन तोड्ने र दबाबमा अपराधिहरुलाई छोड्ने काम हुन नदिइने दृढता समेत व्यक्त गरेका छन् । उनले विधिको शासन अनुसार मुलुकलाई चलाउन राजनीतिक दबाबविरुद्ध मुकाविला गर्न पनि यातायात क्षेत्र मातहतका निकायलाई सचेत गराएका छन् ।

बिहीबार यातायात क्षेत्र र सुरक्षा निकायका अधिकारीहरुलाई मन्त्रालयमै बोलाएर निर्देशन दिँदै उनले अनावश्यक दबाब सरकारलाई सैह्य नहुने स्पष्ट पारे । गृहमन्त्री थापाले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि सरकारले कडा कानुन ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

गृहमन्त्री थापाले कतिपय ऐन अपराधमैत्री जस्तो देखिएको उल्लेख गर्दै त्यसलाई तत्काल संशोधन गर्ने योजना अघि सारेका छन् । उनले सरकार विकास र समृद्धिको अभियानमा अघि बढेको भन्दै त्यसमा सम्पूर्ण शक्ति परिचालन गर्न पनि मातहतका निकायलाई निर्देशन दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);