दलितमाथि विभेद गर्नेलाई कडा कार्वाही गर्ने गृहमन्त्रीकाे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, ६ चैत । गृहमन्त्री रामबहादुर थापाले दलितमाथि विभेद गर्नेहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । गृहमन्त्री थापाले जातीय विभेद अन्त्य गर्न सरकारले अभियान नै संचालन गर्न लागेको बताए ।

मंगलबार काठमाडौंमा आयोजित दलित सांसदहरुको सम्मान कार्यक्रममा बोल्दै उनले दलितमाथि हुने उत्पीडन अन्त्य गर्न आवश्यक सहयोग गर्न पनि सम्बन्धित संघ, संस्थालाई आह्वान गरे ।

जातीय विभेद अन्त्य गर्ने ऐन कार्यान्वयनमा लैजान दलित समुदायले सहयोग गर्नुपर्ने मन्त्री थापाको भनाई छ । गृहमन्त्री थापाले जातीय विभेद सबैभन्दा घृणित विभेद भएको स्मरण गराउँदै त्यसलाई निष्तेज पार्न सरकार प्रतिवद्ध रहेको बताए । उनले जातीय विभेद अन्त्यका लागि सशक्त अभियान संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);