धामी ,झाँक्री जातीय विभेद अन्त्यको अभियानमा  | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८०, शनिबार

धामी ,झाँक्री जातीय विभेद अन्त्यको अभियानमा 

सुर्खेत। धामी, झाँक्री ,सामाजिक अभियान्ताले जातीय छुवाछुत अन्त्यका लागि पहल गर्ने बताएका छन् । भेरी नगरपालिकाका सबै वडाहरूबाट सदरमुकाम आएका धामी, झाँक्रीले जातीय विभेद नगर्ने र गरेको थाहा पाए सचेतना जगाउन भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष निरौलाले बताए ।भेरी नगरपालिकाको जातीय विभेद अन्त्य गर्ने भन्दै बिभिन्न कार्यक्रम जारी राखेको समयमा प्रहरीले समेत यसमा विशेष चासो राखेको छ । भेरी नगरपालिकाका उपप्रमुख सिता जैसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागी सबैले जातीय विभेद नगर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । नागरिक अगुवा राजेन्द्रविक्रम शाहले जातीय विभेद अन्त्य गर्नका लागि समाजको चेतनास्तर माथि उठ्नुपर्ने बताए । समाज रहेका धामी ,झाँक्री ,सामाजिक अभियानता सहित सबैले जातीय विभेद अन्त्यका लागि साझा अभियानका साथ अगाडि बढाउने साझा प्रतिवद्धता भएको प्रहरीको भनाइ छ । प्रहरीले योभन्दा अगाडि सबै वडाहरूमा जातीय विभेदकाबारेमा कार्यक्रम गरि सचेतना जगाउने काम गरिसकेको छ।

सबै वडाहरूमा कार्यक्रम पश्चात सदरमुकाममा वडाबाट आएका अगुवासँग छलफल गरि साझा प्रतिवद्धता व्यक्त गर्न लगाएको हो । जातीय विभेदका मुद्दाहरू पछिल्लो समय कम आउने गरेको डिएसपी निरौलाले बताए।

Leave a Reply