सरकारको काममा प्रगति भईरहेका छ : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सरकारको काममा प्रगति भईरहेका छ : प्रम ओली

Pm Oli

काठमाडौं, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काममा प्रगति भईरहेको दावी गरेका छन् । दमक–चिसापानी सडकको उचित व्यवस्थापन गर्न आवश्यक बजेट माग गर्न मंगलबार काठमाडौंमा आईपुगेका स्थानीय उपभोक्ता समितिका पदाधिकारीमाझ बोल्दै प्रधानमन्त्री ओलीले सडक, पुलजस्ता विकास, निर्माणको कामका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन दिए ।

प्रधानमन्त्री ओलीले विकास, निर्माणसम्बन्धि आफूले देखेको सपना साकार पार्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले देशको आर्थिक अवस्था नाजुक भएपनि विकास, निर्माणको काम नरोकिने स्पष्ट पारे । विकासका आयोजनहरुलाई अघि बढाउँदै लैजाने उनले बताए ।

प्रधानमन्त्री ओलीले विकासमार्फत् मुलुकमा समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उत्पादनमा बढावा दिँदै मुलुकमा रोजगारीको अवसर सृजना गर्न लागिएको बताए ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापास्थित दमक–चिसापानी सडकको उचित व्यवस्थापनका लागि थप १ अरव ७५ करोड बजेट निकासा गर्नुपर्ने स्थानीय उपभोक्ताको माग छ ।

उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरीले प्रधानमन्त्री ओलीसँग आवश्यक बजेटको अभावमा सडकमा पक्की ढल, ब्रेष्ट वाल, ग्राभेलिङ लगायतका काम अघि बढाउन नसकिएको गुनासो गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);