विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेः प्रधानमन्त्री ओली

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गरेका हुन् । भूकम्पले ध्वस्त बनाएका संरचनाहरुको पुर्ननिर्माण, अस्पताल र बाटाहरु निर्माणका लागि सरकारले उल्लेखनीय काम गरेको दाबी गरे । विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरुले सरकारको विकल्प खोज्नेतर्फ उन्मुख भएको भन्दै उनले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई “सकुनी”को संज्ञा दिएका छन् । उनले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने “सकुनीका गोटी ”नै आफूले फ्याकिदिने चेतावनी दिए ।

पाण्डव र रामको दृष्टान्त दिदै उनले केही महिनालाई तलमाथि परिहाल्यो भने पनि आफू फेरि पनि सत्ताको नेतृत्वमा आईपुग्ने दाबी गरे ।

समृद्ध नेपाल निर्माणको उद्देश्यसाथ अघि बढेका र सिसिमा औषधि बेच्नेबीचको भेद खुट्याउनुपर्ने भन्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य समेत गर्न भ्याए ।

समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि उद्योग व्यवसायलाई सबै ढंगले सुदृढ बनाउनुपर्ने भन्दै उनले सम्मानित उद्योग व्यवसाय, सम्मुन्नत नेपालको मर्म अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । देशले पनि उद्योग व्यवसायीबाट सम्मान योग्य व्यवहारको अपेक्षा गर्ने भन्दै उनले त्यसतर्फ पनि सबैलाई सचेत गराए ।

उनले उद्योग व्यवसाय विस्तार र विकासमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै सरकारलाई बुँदागत रुपमा सुझाव दिन आग्रह गरे ।

त्यसैगरी कोभिड १९ को सावधानीपुर्वक सामना गर्नुको विकल्प नभएको भन्दै उनले सामाजिक जीवनलाई खलबलिन नदिनेगरी अनुशासित ढंगले आफ्ना क्रियाकलापलाई निरन्तरता दिनुपर्ने तर्फ सबै सचेत हुन आवश्यक रहेको बताए । सचेतता अपनाईएन भने फेरि पनि लकडानमा जानुपर्ने हुनसक्ने भन्दै उनले पर्याप्त सावधान रहेर अनुशासित बन्न आग्रह गरे । उद्योग बाणिज्य महासंघले ल्याएको आर्थिक रुपान्तरण सम्बन्धी प्रतिवद्धता सकारात्मक कदम भएको भन्दै उहाँले त्यसलाई सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रधानमन्त्री ओलीले कोभिड १९ ले केही गम्भीर धक्का पुर्याएको भएपनि सरकार सबै क्षेत्रमा सम्हालिएर अघि बढीरहेको र सफलता पनि प्राप्त गरेको दाबी गरे । व्यापार घाटालाई कम गर्नतर्फ सरकारले सफलता प्राप्त गरेको उनको भनाई छ । उनले आयात निर्यातको सन्तुलन मिलाउने तर्फका प्रयास सफलताउन्मुख भएको,मजदुर हड्तालको समस्या समाधान हुनुको साथै नेपालबाट हिंसा समाप्त भएकाले उद्योग विस्तारका लागि उपयुक्त वातावरण बनेकाले उद्योग व्यापारलाई शान्तिपुर्ण र भयरहीत वातावरणमा अघि बढाउन सकिने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);