विकास निर्माणका कामलाई तिब्रता दिन प्रधानमन्त्री ओलीको आश्वासन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

विकास निर्माणका कामलाई तिब्रता दिन प्रधानमन्त्री ओलीको आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामलाई तिब्रता दिन कानुनी जटिलतालाई खुकुलो पार्ने आश्वासन दिएका छन । 

PM oli

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामलाई तिब्रता दिन कानुनी जटिलतालाई खुकुलो पार्ने आश्वासन दिएका छन । प्रधानमन्त्री ओलीले नेपाल उद्योग वाणिज्य महासंघको टोलीलाई कानूनी जटिलता खुकुलो पार्ने आश्वासन दिएका हुन ।

उनले सरकारले निजी क्षेत्रसँग मिलेर विकासका कामलाई तिब्रता दिने भन्दै कमिशन लिएर लाइसेन्स लिनेदिने, समयमा काम नसक्ने र विना कारण म्याद थप्ने \थपाउनेलाई कारबाही गर्ने बताए । महासंघको टोली प्रधानमन्त्री ओलीलाई वधाई दिन शनिबार साँझ बालुवाटार पुगेको थियो । प्रधानमन्त्री ओलीले नियतवश काममा ढिलाइ गर्ने कर्मचारीमाथि कारवाही हुनेमा ढुक्क हुन आग्रह गर्दै भ्रष्टाचार रोकेर देखाउने दाबी गरे । उनले निर्यातजन्य उत्पादनमा जोड दिन व्यावसायीहरुसँग आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);