नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा पार्टीको संसदीय दलको विधानमाथि छलफल भइरहेको छ ।

nepali congress

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा पार्टीको संसदीय दलको विधानमाथि छलफल भइरहेको छ ।

बैठक सुरु हुनुपहिले कांग्रेसका केही कार्यकर्ताले पार्टी शुद्धिकरणको माग गर्दै पार्टी कार्यालयमा नाराबाजी गरेका थिए । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत रुपमा नचलाएको भन्दै नाराबाजी गरेका हुन् । नेपाल विद्यार्थी संघमा आबद्ध कार्यकर्ताले सबै कार्यकर्तालाई समानरुपमा हेर्न भन्दै सभापति देउवालाई चश्मा उपहार दिएका थिए ।

संसदीय दलको शनिबार बसेको बैठकले विधान परिमार्जनसहित पारित गरेको थियो । संसदीय दलले पारित गरेको विधान केन्द्रीय समितिले अनुमोदन गरेपछि कांग्रेसमा संसदीय दलको नेता चयनको प्रक्रिया शुरु हुने छ । कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँगै महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दाबी गर्दै आएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);