कांग्रेसको संसदीय दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको संसदीय दलको बैठक बोलाएको छ ।

संसदीय दलको बैठक आइतबार दिउँसा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको हो ।

यसअघि शुक्रबार बोलाइएको पदाधिकारी तथा पूर्वापदाधिकारी बैठक बसेको थियो । बैठक बालुवाटारमा बसेपछि देउवा पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कै पथमा लागेर सरकारी निवासलाई नै पार्टी कार्यालय बनाउनतिर लागेको भन्दै आलोचित भएका थिए ।

देउवा प्रधानमन्त्री भएपछि आइतबार पहिलो पटक कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा भोलिबाट सुरु हुने प्रतिनिधिसभाको बैठकका सन्दर्भमा छलफल हुने बताइएको छ । त्यसैगरी बैठकमा कांग्रेसाबाट सरकारमा जाने मन्त्री छनोटका विषयमा समेत छलफल हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);