नेकपा ओली पक्षको ससंदीय दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

नेकपा ओली पक्षको ससंदीय दलको बैठक बस्दै

काठमाडौं, २२ फागुन। नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षको संसदीय दलको बैठक शनिबार बस्दैछ ।

प्रतिनिधि सभा पुनस्र्थापना पछि आइतबार बस्न लागेको पहिलो बैठकको तयारीको विषयमा बैठकमा छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका हुन् । बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बोलाइएको छ ।

बैठकले आइतबारबाट सुरु हुने प्रतिनिधिसभाको अधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने रणनीति तय गरिने बताइएको छ ।

नेकपा दाहाल–नेपाल पक्षले शुक्रबार संसदीय दलको बैठक बसेको थियो । दाहाल नेपाल पक्षको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेतामा चयन गरेको थियो । संसदीय दलको जेष्ठ सदस्यका हैसियतले झलनाथ खनालले बैठकको नेतृत्व गरेका थिए । सो बैठकले आफ्नो पक्षमा बहुमत सांसद रहेको दावी गर्दै प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय पनि गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);