सांसदहरुलाई प्रधानमन्त्री ओलीको यस्तो निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सांसदहरुलाई प्रधानमन्त्री ओलीको यस्तो निर्देशन

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका सांसदहरुलाई सक्रियतापूर्वक संसदीय गतिविधिमा केन्द्रीत हुन निर्देशन दिएका छन् ।

शनिबार बसेको संसदीय दलको बैठकमा आफू पक्षीय नेकपाको संसदीय दलका हैसियतमा प्रधानमन्त्री ओलीले सांसदहरुलाई संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन निर्देशन दिएका हुन् । संसदीय दलको बैठकमा आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा सशक्त रुपमा उपस्थिति जनाउन सांसदहरूलाई निर्देशन दिइएको छ ।

प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए । प्रतिनिधि सभा विघटन गरेसँगै सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएको छ ।

नेकपा व्यवहारमा विभाजित भएसँगै दाहाल–नेपाल पक्षले शुक्रबार संसदीय दलको बैठकमार्फत प्रधानमन्त्रीलाई संसदीय दलको नेताबाट हटाइ तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिसकेको छ ।

प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । त्यसैले नेकपाका दुबै पक्ष आ–आफ्नो रणनीति तय गर्न जुटेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);