नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठक सुरु

nekapa

काठमाडौं, ११ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठक सुरु भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम तथा संसदमा दलको भुमिकाका बिषयमा छलफल भईरहेको सांसद रामबीर मानन्धरले जानकारी दिए । संसदीय गतिविधिमा पार्टीका सांसदहरुले खेल्ने भुमिकाका बिषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ गर्ने तयारी भैरहेको सांसद मानन्धरले जानकारी दिए ।

डा. गोबिन्द केसीको मागमा भएको सहमति अनुसार संसदमा बिधेयक कसरी ल्याउने भन्नेबारे पनि छलफल हुने छ । संसदमा सत्तारुढ दलका सांसदहरुको भुमिका प्रभावकारी हुन नसकेको भन्दै आलोचना भईरहेको बेला नेकपाले संसदीय दलको बैठकमै त्यसबारे छलफल थालेको हो । आजको बैठकमा सांसदहरुलाई सरकारको प्रतिरक्ष हुनेगरि संसदमा प्रस्तुत हुन निर्देशन दिइने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);