चिकित्सक गोविन्द केसीसँग सरकारले गरेको सहमतिको नेकपाद्वारा स्वागत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

चिकित्सक गोविन्द केसीसँग सरकारले गरेको सहमतिको नेकपाद्वारा स्वागत

kp-oli-govinda-kc

काठमाडौं, ११ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले चिकित्सक गोविन्द केसीसँग सरकारले गरेको सहमतिको स्वागत गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले केसीसँगको सहमतिको स्वागत गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक केसीसँग भएका सहमतिका बारेमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री ओलीले केसीसँगको सम्झौता कार्यान्वयनमा सहजिकरण गर्न सांसदहरुलाई आग्रह गरेका थिए ।

यस्तै संसदमा प्रभावकारी भुमिका निभाउन र सरकारले गरेका कामका बारेमा आम जनतासम्म सञ्चार गर्न आग्रह समेत गरेका थिए । बैठकमा बोल्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले पछिललो अवस्थामा सरकार र पार्टीमाथि चौतर्फी हमला भएको भन्दै प्रतिरक्षमा उत्रन सांसदहरुलाई आग्रह गरेका थिए । अध्यक्ष दाहालले पार्टी एकता प्रक्रियाका बाँकी काम चाँडै सम्पन्न हुने जानकारी दिँदै सांसदहरुलाई सार्वजनक कार्यक्रमहरुमा प्रभावकारी रुपमा उपस्थित हुन आग्रह गरेका थिए ।

बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले खेल्नुपर्ने भुमिकाका विषयमा छलफल भएको थियो । अध्यक्षद्धयले सांसदहरुलाई जनमुखी योजना बनाएर काम गर्न निर्देशन समेत दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);