डा. केसीसँगको सम्झौंता कार्यान्वयन गर्न दवाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डा. केसीसँगको सम्झौंता कार्यान्वयन गर्न दवाव

govinda kc

काठमाडौं, १२ साउन । डा. गोविन्द केसीसँग गरिएको सम्झौंता अक्षरस कार्यान्वयन गर्न सरकारलाई शनिबारबाट दवाव दिन सुरु गरिएको छ ।

नागरिक समाजका अगुवाहरुले डा. केसीको माग सम्बोधन हुनेगरी नौं बुदे सम्झौंता गरेकोमा धन्यवाद दिँदै अक्षरस कार्यान्वयन गर्न सरकारलाई दवाव दिन सुरु गरेका हुन । शनिबार दिउँसो काठमाडौंको माईतीघर मण्डलामा जम्मा भएका उनीहरुले डा. केसीको माग सम्बोधन गर्न साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन् ।

अव सरकारले सो सम्झौंतालाई अक्षरस पालना गर्ने विश्वास समेत आफूहरुले लिएको नागरिक समाजका अगुवाहरुले बताएका छन । उनीहरुले डा. केसीसँगको सम्झौंता अनुसार कानुन निर्माणमा ढिलाई गर्न नहुने विश्वास व्यक्त गरे ।

दवाव अभियानमा सहभागी भएकाहरुले ‘गोविन्द केसीसँग भएका सम्झौंता अक्षरस पालना होस्’ भन्ने कामनासहितको प्ले कार्डसमेत प्रर्दशन गरेका थिए । सरकारले गत बिहीबार डा. केसीसँग नौं बुदे सम्झौंता गरेपछि त्यसको सबै क्षेत्रबाट स्वागत गरिएको थियो ।

सरकारले सोही सम्झौता बमोजिम शुक्रबार संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);