मुलुकमा अधिनायकवाद आएको पुष्टि गरेर देखाउन काँग्रेसलाई अाेलीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मुलुकमा अधिनायकवाद आएको पुष्टि गरेर देखाउन काँग्रेसलाई अाेलीको चेतावनी

काठमााडौं, १२ साउन । प्रधानमन्त्री केपी ओलीले अधिनायकवाद आएको पुष्टि गरेको देखाउन प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले काँग्रेसले मुलुकलाई विधिसम्मत ढंगले चल्न नदिएको आरोप लगाए । उनले काँग्रेसले संसद अवरुद्ध पारेर जनताको सार्वभौमसत्ता सम्पन्न निकायको गरिमा समेत कायम राख्न नदिएको भन्दै आक्रोश व्यक्त गरे ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको दुःख हरण गर्दै लगेकोमा काँग्रेस आत्तिएको बताए ।

उनले रेल ल्याउने, तुईन मुलुकभरबाटै विस्थापित गर्ने लगायतको कामलाई सरकारले तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता दोहो-याए ।

प्रधानमन्त्री ओलीले सरकारले समयको अधिकतम सदुपयोग गरिरहेको दावी गरे । समय, बुद्धि, क्षमता, ज्ञानको सदुपयोग गरेर सरकार राष्ट्र निर्माणको अभियानमा जुटेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले सरकार लोकतन्त्र र लोकतान्तिक आचरण र व्यवहार अनुसार अघि बढिरहेको दावी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);