आगामी आर्थिक वर्षदेखि श्रमिकको तलब बढाउँछौं : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

आगामी आर्थिक वर्षदेखि श्रमिकको तलब बढाउँछौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक तथा मजदूरको तलब बढाउने घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा शनिबार भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पुर्‍याईने बताए । प्रधानमन्त्री ओलीले मजदूरको दैनिक पारिश्रमिक पनि ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ रुपैयाँ पुर्‍याईने पनि उद्घोष गरे ।

सरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारीका लागि न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सरकारले सहजीकरण गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार श्रमिक र मजदूरसँगै रहेको स्पष्ट पारे । नेपालमा श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको पनि उनले बताए । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार व्यक्तिहरुलाई कम्तीमा १ सय दिनको कामदिने व्यवस्था गरेको उनले जानकारी गराए ।

तीन वर्षको अवधिमा सरकारले श्रमको क्षेत्रमा धेरै राम्रा र प्रभावकारी काम गरेको प्रधानमन्त्री ओलीको दाबी छ । सरकारले सामाजिक सुरक्षा कोष मार्फत जुनसुकै क्षेत्रमा रहेका श्रमिक कामदारहरुका लागि जीवनपर्यन्त रोजगारीको व्यवस्था गरेको उनले बताए ।

देश भित्रका मजदूरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता, स्वास्थ्य बीमा, बैंकमार्फत तलबभत्ता लगायत व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले बताए ।सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने पनि उनले बताए ।

वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको प्रधानमन्त्री ओलीको भनाई छ । ‘समृद्ध नेपाल :सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न सरकारले श्रमिक र सबै जनताको पक्षमा काम गरिरहेको समेत प्रधानमन्त्री ओलीको दाबी छ ।

नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको भन्दै उनले सीमित साधन स्रोतबीच पनि नागरिकलाई महामारीबाट जोगाउने काम गरिरहेकोे बताए ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);