आज १ सय २९ औँ अन्तराष्ट्रिय श्रमिक दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज १ सय २९ औँ अन्तराष्ट्रिय श्रमिक दिवस

labour

काठमाडौं, १८ बैशाख । आज १ सय २९ औँ अन्तराष्ट्रिय श्रमिक दिवस । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा नेपालमा पनि विभिन्न कार्यक्रम गरी श्रमिक दिवस मनाइँदैछ ।

सन् १८ सय ९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो । विश्वका मजदुरले श्रमिक दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दवाव दिन विभिन्न कार्यक्रम गर्दै आएका छन् । नेपालमा बिक्रम सम्वत २००७ सालमा विराटनगरमा भएको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । मजदूर दिवसका अवसरमा विभिन्न कार्यक्रम तय गरिएको मजदूर संगठनहरुले जनाएका छन् । राजनीतिक पार्टी नै पिच्छे मजदूर संगठन क्रियाशिल छन् । श्रमिक दिवस मनाउने क्रममा श्रमिकको ज्याला वृद्धि र सामाजिक सुरक्षा कोषको परिचालनलाई जोडदाररुपमा उठाउने मजदूर संगठनका नेताहरुले बताएका छन् ।

हाल मजदूरको न्युनतम ज्याला मासिक नौ हजार ९ सय ४७ रुपैयाँ छ । उक्त ज्यालाले कुनै पनि मजदूर बाँच्न सक्ने अवस्था नभएकाले तत्काल ज्याला वृद्धि गर्नुपर्ने मजदूर नेताहरुको भनाइ छ । मजदूरको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन र नयाँ श्रम ऐन बनेपनि नियमावलीको अभावमा दुवै ऐन कार्यान्वयनमा आउन सकेका छ्रैनन् । श्रमिक दिवसका अवसरमा आज सार्वजनिक विदा दिइएको छ । अन्र्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभर छरिएर रहेका नेपाली मजदूरलाई शुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्त रुप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुने आशा गरेका छन् ।उनले सबै नेपाली श्रमिकले स्वदेश तथा विदेशमा श्रम गर्दा अनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवम् सामाजिक सुरक्षालगायत सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थापित हुन सकोस् भन्ने कामना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकहरुको न्युनतम ज्याला बढाउने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीले श्रमिक दिवसका अवसरमा शुभकामना दिने क्रममा उचित ज्याला प्रणालीअन्तर्गत मर्यादत कामको सुनिश्चितता कायम गर्नका लागि सरकारले न्यूनतम ज्याला वृद्धि गर्ने योजना बनाएको बताए । उनले श्रम ऐनको पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको पनि बताए ।

उनले देशभित्र श्रमको उचित ढंगले सदुपयोग र सम्मान गर्ने वातावरणको अभाव रहेका कारण ठूलो संख्यामा युवा जनशक्ति श्रमका लागि मुलुकबाट बाहिरिन बाध्य भइ शोषणको शिकार भइरहेको भन्दै श्रमिकको अवस्थाप्रति सरकार सम्वेदनशील रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले युवा जनशक्तिको ज्ञान, सीप र ऊर्जालाई देशको विकास निर्माणमा सदुपयोग गर्ने वातावरण सिर्जना गर्न सरकारले ध्यान केन्द्रित गर्न थालिसकेको भन्दै स्वदेशमै जीवन धान्न पुग्ने रोजगारीको अवसर सिर्जना गर्न सरकार कटिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);