आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

काठमाडौं, १५ असोज । आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । हरेक वर्ष अक्टोबर १ का दिन यो दिवस संसारभर मनाइने गरिन्छ ।

श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

ज्येष्ठ नागरिक भन्नाले सामान्यत ६० वर्षभन्दा बढी उमेरका मानिसलाई जनाउँछ । अहिले विश्वमा झण्डै १५ प्रतिशत मानिस ६० वर्षभन्दा माथिको उमेरका रहेको अनुमान छ । सन् २०५० सम्ममा २० प्रतिशत मानिस ६० वर्षभन्दा माथिका पुग्ने अनुमान छ । २०६८ को जनगणनाअनुसार नेपालमा २४ लाख ६९ हजार मानिस ६० वर्ष माथिका छन् ।

यसैबीच अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको जनाउँदै राष्ट्रपतिले आ–आफ्ना स्थानबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पु¥याउन सबैमा आह्वान समेत गर्नुभएको छ ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);