साना किसान सहकारी संस्थामा अख्तियारको छापा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

साना किसान सहकारी संस्थामा अख्तियारको छापा

कञ्चनपुर, १४ असोज । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा एक सहकारी संस्थामा सार्वजनिक खरिद ऐन विपरीत कोटेसन आह्वान नगरी लाखौँ रकममा अनियमितता भएको तथ्य बाहिरिएको छ। पुनर्वास नगरपालिकामा रहेको साना किसान सहकारी संस्थामा अनियमितता भएको रहस्य बाहिरिएको हो । सहकारीको भवनमाथि तला थप्ने भन्दै सार्वजनिक खरिद ऐन विपरीत ‘कोटेसन’ आह्वान नगरी ४६ लाख रकम खर्च गरिएको छ ।

सहकारीको भवनमा २ कोठा, बैठक हल, किचन र शौचालयसहितको तला थप्दा ४६ लाख ९ हजार ५ सय २५ रुपैयाँ खर्च गरिएको छ । लागत स्टिमेट बिनै जोगराम चौधरीलाई भवनको तला थप्न ४६ लाख ९ हजार ५ सय २५ रुपैयाँमा ठेक्का दिइएको थियो । तर माथिल्लो तलाको उद्घाटननै नभई ढलान चर्किएको छ । भवन निर्माण गर्दा नियम विपरित कार्य भएको सहकारीकै अध्यक्षले स्वीकारेका छन् ।

हाल आएर सहकारीले भ्रष्टाचार लुकाउन कीर्ते योजना तयार गरेको रहस्य समेत खुलेको छ । भवन निर्माणमा गरेको अनियमितता ढाकछोप गर्न निर्माण सकिएपछि कीर्ते लागत योजना तयार गरी नियोजित रुपमा गरेको भ्रष्टाचार लुकाउन योजना बनाउँदै गरेको तथ्य बाहिरिएको हो । भवन निर्माण कार्य सम्पन्न भए पश्चात सञ्चालक समितिको बैठकमा प्रस्तावका लगि निर्णय नहुँदै लागत योजना तयार पारिएपछि आर्थिक अनियमितता लुकाउन एकपछि अर्को निर्णय गरिँदै आएको एक सदस्यले बताउनु भयो ।

सहकारीको माथिल्लो तलामा सामान्य २ कोठा, एक बैठक हल, एक भान्छाकोठा र एक शौचालय सेफ्टी ट्याङ्की, दुई तिर पर्खाल निर्माण गर्ने नाममा सार्वजनिक खरिद ऐन र संस्थाकै आर्थिक तथा प्रशासनिक नियमावली मिचेर ४५ लाख नौ हजार पाँच सय २५ रुपैयाँ बराबरको बजेट चिनजानकै भरमा स्थानीय जोगराम चौधरीलाई ठेक्का दिइएको थियो ।

नियम र प्रक्रिया विपरित सहकारी सञ्चालकले भवन निर्माण गरी अनियमितता गरेको सम्बन्धी विभिन्न सञ्चार माध्ययममा समाचार संप्रेषणपछि हाल आएर कैलालीको धनगढीस्थित सेरा इन्जिनियरिङ कन्सल्टेन्सीबाट लागत स्टिमेट तयार पारिएको छ । सहकारीको सम्बन्धमा अख्तियार दुरुपयोग आयोगको महेन्द्रनगरस्थित कार्यालयमा उजुरी परेको थियो र आज अख्तियारको टोली उक्त सहकारीको कार्यालयमा पुगि प्रारम्भिक अनुसन्धान थालेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);